काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले मधेस प्रदेशअन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका-८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा एक सय ७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्र्नपूर्ण गाउँपालिका-६ पोखरे आधारभूत विद्यालयमा एक सय ८० भन्दा बढी महिलाको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलालाई प्रत्यक्षरूपमा लाभान्वित गरेको हो ।
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित शिविरमा स्त्रीरोग विशेषज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाप्रदान गरेका थिए । शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई ‘स्वस्थ नारी पहल’ कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच