राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज भेटवार्ता भएको छ ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गर्नुभएको थियो ।

उहाँले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउनेमा विश्वस्त छु भन्नुभयो । उहाँले आयरल्याण्डमा नेपाली विद्याथर्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने समेत उल्लेख गर्नुभयो ।

भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बट्टिमरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउनेमा विश्वास दिलाउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?