हिजो राजाले नारायणहिटीबाट बाहिरिँदा, मेरा लागि बोलिदिने कोही भएनन् भनेर दुखेसो पोखेका थिए । हुन पनि हो राजसंस्था फालेर गणतन्त्र घोषणा गरेर राजालाई गद्दीच्यूत गरी नारायणहिटीबाट निकाल्दा उनको पक्षमा बोलिदिने कोही थिएनन् । भनिन्छ दलहरूले राजासँग गरेको अप्रकाशित पाँच बुँदे सहमति पनि काम लागेन तर आज पूर्वराजा जहाँ जहाँ जान्छन् त्यहाँ त्यहाँ ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लागिरहेको छ । हज्जारौंको भीड एकत्रित भइरहेको छ । पूर्वराजाले आफ्ना लागि बोलिदिने जनता पाउन सत्र वर्ष कुर्नु पर्यो । उहाँप्रति जनताको मोह बढ्दै जानुको पछाडिको कारक तत्व दलहरू र यिनका नेताहरू नै हुन् ।
यिनीहरूले सीमा नघाएर भ्रष्टाचार नगरेको भए, राजनीतिलाई परिवारवादमा संकुचित नगरेको भए, देशको स्वार्थविपरीत काम नगरेको भए, यिनीहरूले सनातन धर्ममाथि आक्रमण नगरेको भए, आज पूर्वराजा यति सारो जनताको प्रियपात्र बन्ने थिएनन् । राजसंस्थालाई शासन व्यवस्थाको नेतृत्व दिलाउन आन्दोलित जनता यी राजनीतिक दलहरूप्रति अनुग्रहित हुनुपर्छ । किनकि यिनीहरूले दुष्कर्म नगरेको भए आज जनताले ‘राजा आऊ देश बचाऊ’ भन्ने थिएनन् बरू गणतन्त्रलाई नै सुदृढ गर्नेतिर लाग्ने थिए ।
पूर्वराजा स्वयं घेरामा छन् भने त्यस्ता विदेशी शक्तिहरूबाट बाहिर निस्कन सक्नुपर्छ । हिजो सेना र दरबारियाहरूले राजासँग विश्वासघात गरेका थिए, सेनाको सुरक्षाघेरामा नै राजा वीरेन्द्रको वंशनाश भएको थियो । त्यो शक्ति अहिले पनि छ ।
भैरहवामा पूर्वराजा ज्ञानेन्द्रले भन्नुभएको छ : ‘सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बाहनामा बाँचिरहेका छौं । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँबायाँ, भित्र तथा बाहृय शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ तर हामीलाई लाग्दछ नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रियामा हामी नेपालीहरूकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइआएका हुन् । त्यसैले के गर्दा र के कस्तो विधिव्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसरी अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ त्यो हामी आफैंले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसैअनुरूप हुनुपर्दछ भन्ने हामीलाई लाग्दछ ।’)
सम्बोधनको पूर्वसन्ध्यामा पूर्वराजाले राप्रपाका पाँच शीर्ष नेताहरूसँग कुरा गर्दा व्यवस्था परिवर्तनमा लागेका अन्य दल, संघसंस्थाहरूसँग ऐक्यबद्ध हुँदै मिलेर जान निर्देशन दिएको कुरा राप्रपा नेता रविन्द्र मिश्रले पत्रकारहरूलाई बताउनुभएको थियो । व्यक्तिहरूको आआफ्नो स्वार्थले अहिलेसम्म एउटै लक्ष्यमा लागेकाहरू पनि मिल्न सकेका थिएनन्, अब राजसंस्था फर्काउन लागिपरेकाले राजाको मनोइच्छालाई पूर्ण गर्छन् वा कुनै विदेशी ताकतको आदेशमा आफ्नै ढिपीमा बस्छन् हेर्न बाँकी छ ।
यसले पनि सक्कली र नक्कली राजसंस्थावादीहरू र समर्थकहरू छुट्टिनेछन् । कुरुक्षेत्रको युद्धमा जसरी श्रीकृष्णले पाण्डवहरूको पक्षबाट अर्जुनको रथको सारथि बनेर युद्ध मैदानमा उत्रेर युद्ध जिताएका थिए, ठीक त्यसरी नै पूर्वराजाको भैरहवा सम्बोधनमार्फत आफू आन्दोलनको रथको सारथि बन्न घुमाउरो पाराले स्वीकार गर्नुभएको मान्न सकिन्छ । जसरी रथको ध्वजामा हनुमान अदृश्य रूपमा बसेर रथको रक्षा गरेका थिए त्यसरी नै कुनै दल, कुनै संघसंस्थामा आबद्ध नभएका देशभक्तहरूको पनि साथ आन्दोलनलाई हुनेछ । तर, आन्दोलन बाहिरी शक्तिको निर्देशनमा सञ्चालित हुनुहुँदैन ।
यदि भएमा त्यो राजाज्ञाको विपरीत मात्र होइन यो देश र जनताको इच्छाको विपरीत हुनेछ । नेपालको विगत २००७ सालदेखि २०६२/०६३ सम्मको आन्दोलनबाट शिक्षा लिँदै स्वतन्त्र रूपमा नेपाली जनताको चाहना अनुसार आन्दोलन हुनुपर्छ । राष्ट्रिय स्वयंसेवक संघ, रअ, सिआइए वा पश्चिमा शक्तिबाट निर्देशित आन्दोलन हुनु हुँदैन । यदि आसन्न आन्दोलन असफल भएमा यिनै राजाको आवरणमा भएका दल र व्यक्तिहरूबाटै हुनेछ, अरू कसैबाट आन्दोलन असफल हुन सक्नेछैन ।
पूर्वराजा स्वयं घेरामा छन् भने त्यस्ता विदेशी शक्तिहरूबाट बाहिर निस्कन सक्नुपर्छ । हिजो सेना र दरबारियाहरूले राजासँग विश्वासघात गरेका थिए, सेनाको सुरक्षाघेरामा नै राजा वीरेन्द्रको वंशनाश भएको थियो । त्यो शक्ति अहिले पनि छ । राप्रपाभित्र नै राजा विरोधी कट्टर गणतन्त्रवादीहरू नेतृत्वमा छन् । ओलीसँग सहकार्य गर्ने राप्रपाको नेतृत्व पनि भरलाग्दो देखिँदैन राजसंस्थाको अभियानमा । किनभने ओलिले हिजो गणतन्त्रविरोधी हुँदा गणतन्त्र आउन नसक्ने भन्दै त्यसको तुलना बैलगाडीमा चढेर अमेरिका पुगिँदैन भनेर गरेका थिए । तर पछि सत्ता लोभमा उनी त्यही अमेरिका नपुग्ने बैलगाडीको यात्रा गर्न बैलगाडीमा बसेका छन् । यदि आन्दोलन चर्किँदै सफलतातिर अग्रसर भएमा उनी बैलगाडाबाट फुत्त झरेर नेपाल फर्किने रेलगाडीमा चढ्ने सम्भावना उत्तिकै छ ।
राजाका वरिपरि घेराबन्दी गर्नेहरू न त राजभक्त छन् न त देशभक्त । पूर्वराजाले यो कुरा बुझ्नुपर्छ, इतिहासबाट शिक्षा लिनुपर्छ । दरबार हत्याकाण्डपछि राजालाई राजा हुन नदिन इन्डोअमेरिकन लबीका को को थिए उहाँले चिन्नुपर्छ, जो अहिले पनि उहाँको वरिपरि नै छन् । ककसले राजसभा स्थायी समितिका सभापति केशरजंग रायमाझीलाई राजा वीरेन्द्रको उत्तराधिकारीको रूपमा उहाँलाई सिंहासनमा बसाउन नदिने चलखेल गरेकाहरूलाई मौससुफले चिन्नुपर्छ तर केशरजंग रायमाझीले इन्डोअमेरिकन षड्यन्त्रलाई असफल पार्दै अत्यधिक बहुमत सयमा असी जनाको समर्थनमा उहाँलाई राजसिंहासनमा बसाएका थिए ।
कुरुक्षेत्रको युद्धमा जसरी श्रीकृष्णले पाण्डवहरूको पक्षबाट अर्जुनको रथको सारथि बनेर युद्ध मैदानमा उत्रेर युद्ध जिताएका थिए, ठीक त्यसरी नै पूर्वराजाको भैरहवा सम्बोधनमार्फत आफू आन्दोलनको रथको सारथि बन्न घुमाउरो पाराले स्वीकार गर्नुभएको मान्न सकिन्छ ।
त्यसपछि रायमाझीले राजालाई भेट्न खोज्दा एक वर्षसम्म भेट नगराउने को को हुन् उहाँले चिन्नु आवश्यक छ । पछि उहाँले नै रायमाझीलाई प्रधानमन्त्री बनाउन खोज्दा उनले नै प्रधानमन्त्रीको पद अस्वीकार गरेका थिए । पाँच बुँदे हस्ताक्षरसहित केशरजंग रायमाझीलाई प्रधानमन्त्री बनाउन सिफारिश गर्ने गिरिजाप्रसाद कोइराला नै रहेको सुनिएको थियो ।
माओवादी समस्या समाधानका लागि पुष्पकमल दाहालसँग वार्ता गर्न रोल्पा गएका वामदेव गौतमलाई चौध पटकसम्म राजालाई भेट्न खोज्दा माओवादी समस्या समाधान नहोस् भनेर भेट्न नदिने को हो ? अहिले तिनै वामदेव कट्टर गणतन्त्रवादी तथा राजाको कडाविरोधी भएका छन् । ती सबै राजाकै चाकडीबाज होइनन् र ? केही समय अगाडि दलाई लामाको फोटो अगाडि राखेर फोटो खिच्नेहरूले राजालाई दलाई लामा बन्न संंकेत गरेका होइनन् र ? सनातन धर्मको आवरणमा क्रिप्टो सनातन धर्मावलम्बीहरूले राजालाई प्रयोग गरिरहेको उहाँलाई थाहा छ कि छैन ? फरक मिसनमा काम गर्नेहरूले राजालाई दलाई लामा बनाउन अहिले व्यवस्था परिवर्तनको आन्दोलनभित्र खेल्न चाहेका छन् । राजा सचेत हुने कि नहुँने ? बाहिर आवरणमा देख्दा गणतन्त्र गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले ल्याएजस्तो देखिन्छ तर त्यसो होइन ।
अहिले यी दलहरूको पतन निश्चित छ तर सही नेतृत्वको खाँचो छ । अहिले पनि देशभक्त नेपालीहरूको कमी छैन, न त सेनामै सबै देशद्रोही छन् । त्यहाँ पनि पृथ्वीनारायण शाह, बहादुर शाह, कालु पाण्डे, बिखे नगर्ची, वंशी गुरुङ, केहरसिंह बस्न्यात, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरहरूको लिगेसी बोकेकाहरू पनि छन् । खाँचो छ सच्चा देशभक्तको नेतृत्वको । आफ्नो पुख्र्यौली विरासत बोकेका देशभक्त सेनाहरू अगाडि आउन सक्नुपर्छ । अबको राजसंस्था २०४७ सालको संविधानमा टेकेर होइन । देशलाई सही बाटोमा हिँडाउन वर्तमानमा देशभक्त तानाशाहको आवश्यकता छ ।
देश लिकभन्दा बाहिर गइसकेको छ, अर्धउपनिवेश भइसकेको अवस्था छ, आर्थिक अवस्था डाँवाडोल छ । केवल केही विदेशी दलालहरूको लागि यो लूटको स्वर्ग भएको छ, आमजनताका लागि नर्क । यो देश मत्छेन्द्रनाथ, गुरु गोरखनाथ तथा शिवशक्तिको आशीर्वादले बनेको देश हो । उनीहरूको लिगेसी भएको देश हो, कुनै फिरंगीहरूको देश होइन । यिनै महान् विभूतिहरूको आशीर्वाद र लिगेसीको आधारमा पाइला चाल्नुपर्छ न कि दरबारिया वा अन्य शक्तिको ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच