घुससहित पक्राउ परेका बुढानिलकण्ठका सब-इन्जिनियर र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टिकाराज राईसमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस–रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले मुद्दा दायर गरेको हो ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार सुनुवारलाई पक्राउ गरेको थियो।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राई र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्मण सम्पन्न प्रमाणपत्र उपबल्ध गराउने प्रयोजनार्थका लागि सेवाग्राहीसँग ८० हजार घुस रकम लिएको पुष्टि हुन आएकाले आरोप–पत्र दायर गरिएको हो।

मुद्दामा राईलाई मुख्य कसुरदार र सुनुवारलाई मतियार बनाइएको छ।

अख्तियारले राईविरुद्ध ८० हजार विगो र जरिवाना र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (२२) बमोजिम आधा सजाय  मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?