कर्णालीका तीन युवाले थाले विश्व साइकल–यात्रा

हिमालय टाइम्स
Read Time = 2 mins

-नृपेन्द्र बहादुर मल्ल
मुगु । कर्णाली प्रदेकर्णालीशका तिन युवाहरू साईकल मार्फत विश्व भ्रमणमा निस्किएका छन् ।

नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याइ नेपाललाई विश्व सामु चिनाउने उद्देश्यले काठमाडौंको पशुपतिनाथबाट नेपालको राष्टि«य झण्डासहित साईकल यात्रा शुरू गरेका हुन् ।

विश्वमा शान्तिको सन्देश फैलाउनुको साथै नेपालको पर्यटन बिकास र पर्यावरण सरक्षणका लागि बिश्व सामु सन्देश फैलाउने उद्देश्यका साथ आफुहरू विश्व साईकल यात्रीका रूपमा आफ्नो यात्रा तय गरेको छायाँनाथरारा नगरपालिका वडा नं १ निवासी अजय मल्लले बताउनुभयो ।

विश्वका देशहरू बिच असमझदारी बढी लडाई , झगडा भैरहेको परिपेक्षमा नेपाल एक शान्तिको देश भएकाले शान्तिको सन्देश बिश्वभरि फैलाउने र विश्व जगतमा सन्देश मार्फत विश्वमा शान्ति कायम रहोस् भन्ने पनि साईकल यात्राको उद्देश्य रहेको विश्व साईकल यात्री मल्लले बताउनु भयो ।

विश्व साईकल यात्रामा दैलेखका केशव प्रसाद रिजाल र सनत प्रसाद रेग्मी सहित तीन जना युवाहरू सङ्लग्न रहेका छन् । नेपालको पशुपतिनाथबाट साईकल यात्रा शुरू गरि भारत, पाकिस्तान, लावस , थाइल्याण्ड, भुटान, बंगलादेश, चिन, लगायतका देशहरूको भ्रमण गर्ने कार्य तालिका रहेको पनि यात्री मल्लले बताउनु भयो ।

यस अघि यो टोलीले मेचिदेखि महाकालीसम्मको साइकल यात्रा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?