
काठमाडौं । खाद्य तथा पेयपदार्थसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक सोमबारदेखि भारतीय शहर ग्रेटर नोयडामा सुरु भएको छ । जुन खानेकुरा तथा पेय पदार्थसम्बन्धी दक्षिण एशियाकै सबैभन्दा ठूलो मेला हो ।
भारतसहित दक्षिण एशियाली राष्ट्रलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको इण्डुज फुड टेकमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीसहित करिब ४५ जना उद्यमी व्यवसायीले भाग लिइरहेका छन् ।
इण्डुज फुड टेकमा महासंघका सदस्य वस्तुुगत संघ नेपाल अलैँची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल कफी व्यवसायी महासंघ, नेपाल हब्र्स एण्ड हर्वल उत्पादक संघमार्फत विभिन्न सात नेपाली कम्पनीले स्टल राखेका छन् भने अन्य नेपाली कम्पनीको पनि सहभागिता छ । प्रदर्शनीमा नेपाली कफी, चिया, जडिबुटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादनलगायत स्टल रहेका महाुसंघले जनाएको छ । प्रदर्शनीलाई खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नविनतम् प्रविधिको विस्तार, अन्तर्राष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशील बनाउँदै लैजाने मुख्य हवका रूपमा हेरिएको छ ।
प्रदर्शनी भारत सरकारका वाणिज्य तथा उद्योग सचिव सुुनिल बर्थवालले उद्घाटन गर्नुभएको थियो भने वाणिज्य तथा उद्योगमन्त्री पियुुष गोयलले भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै प्रदर्शनीले भारतसहित सिंगो दक्षिण एशियालाई विश्व खाद्य चेनसँग जोडने दाबी गर्नुभयो ।
प्रदर्शनीमा खाद्य उत्पादनमा पछिल्लो पटक विकास भएका उच्चतम् प्रविधिसहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको छ । इण्डुज फुड टेकमा भारतसहित एक सय देशका दुई हजार पाँच सयभन्दा बढी कम्पनीले भाग लिएका छन् ।
प्रदर्शनी आयोजक भारतीय व्यापार प्रवद्र्धन परिषद्तर्फबाट भारतीय वाणिज्य सचिव बर्थवालसँग सोमबारै प्रदर्शनी परिसरमा सहभागी देशका प्रतिनिधिमण्डलसँग राखिएको भेटमा महासंघका उपाध्यक्ष ढकालले दुई देशबीचको आर्थिक व्यापारिक सम्बन्ध, नेपाली कृषि उत्पादनको भारत निर्यातमा क्वारेन्टाइन, ल्याव टेष्टलगायत समस्या समाधानका लागि आग्रह गर्नुुभयो । महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात तथा आयातमा रहेका कठिनाई पहिचान गरी सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो ।
महासंघ प्रतिनिधिमण्डलका सदस्यले फुड सेफ्टी एण्ड प्याकेजिङ एण्ड इमर्जिङ टेक्नोलोजीका विषयमा आयोजित व्यावासयिक बैठकमा भाग लिएको छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र भारतीय साना, मझौला तथा घरेलु मन्त्रालयको सहयोगमा भारतीय व्यापार प्रबद्र्धन परिषद्ले आयोजना गरेको इण्डुज फुड टेक बुुधबारसम्म चल्नेछ । इण्डुज फुड टेकमा सहभागिताबाट नेपालजस्ता मुलुकलाई खाना तथा खाद्य उद्योगमा आएको नवीनतम् प्रविधि, बजार प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवं नयाँ सोच मुलुकभित्र ल्याउन सहयोग पुुग्ने विश्वास महासंघको रहेको छ ।
सन् २०१८ बाट सुुरु हुनथालेको यो प्रदर्शनीमा महासंघले नियमित रूपमा भाग लिँदै आएको छ । महासंघ प्रतिनिधिमण्डलमा व्यापार मेला समिति सभापति उमेश डालमिया, घरेलु तथा साना उद्योग समितिका सभापति नरेन्द्रकुमार खड्का, स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका सभापति भक्तबहादुर हमाल, मेला समितिका उपसभापति सविनलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्य केशवप्रसाद भण्डारी रहेको पनि महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच