काठमाडौं । ब्रिटिश काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीे आयोजना गरेको छ । काउन्सिलले साँझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ । बेलायत नेपालमैत्री सन्धिको शतवार्षिकोत्सवकै आएको उक्त विशिष्ठ अवसरले दुई मुलुकबीच सदियौंदेखि चलिआएको कूटनीतिक सम्बन्धलाई प्रष्ट पार्ने काउन्सिलको भनाइ छ । नेपालका लागि बेलायती राजदूत रब फेनले सो अवसरलाई कोशेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिश काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भन्नुभयो, ‘ब्रिटिश काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्छ, बिगत झल्काउँछ र भविश्यमा हुनसक्ने सहकार्यलाई संकेत गर्छ । दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउँछ ।’
दुई देशबीचको कूटनीतिक सम्बन्धको एक अशंका रूपमा ६५ वर्षअघि स्थापना भएको ब्रिटिश काउन्सिल नेपालले पहिलो ब्रिटिश पुस्तकालय स्थापना गरेको थियो । त्यसपछि नेपाल सरकारको शैक्षिक तथा सांस्कृतिक सुधारका पहलमा भरपर्दो साझेदारका रुपमा बिकास भएको छ, जसका प्रभाव लाखौं जनताबीच पुगेका छन् । ब्रिटिश काउन्सिल नेपालकी देशीय निर्देशक शाहिदा म्याकडुगले पहिलो ब्रिटिश पुस्तकालय स्थापनादेखि हालसम्मको यात्राको चर्चा गर्नुभयो ।
विगतका छ दशकमा काउन्सिलले थुप्रै व्यक्तित्व र संघसंस्थासँग मिलेर लाखौंमा पुग्न सकेको उहाँको भनाइ थियो । लण्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिश काउन्सिलले शैक्षिक तथा सांस्कृतिक क्षेत्रहरूमा गरेका प्रयास र उल्लेख्य योगदान प्रष्टाएको काउन्सिलले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच