लिभरपुलको पुनरागमन जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा फुलहमविरुद्ध लिभरपुलले पुनरागमन जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा लिभरपुलले फुलहमलाई २–१ ले पराजित गरेको हो ।

लिभरपुलले दुई गोल नै दोस्रो हाफमा गरेको हो । उसका लागि कर्टिस जोन्सले ६८ औं मिनेटमा र ७१ औं मिनेटमा कोडी गाक्पोले गोल गरेका हुन् ।

यसअघि फुलहमले विलियनको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा सम्हालिन नसक्दा फुलहम पराजित भयो ।

जितसँगै लिभरपुल लिगकप सेमिफाइनल पहिलो लेगमा एक गोलले अगाडि रहन सफल रह्यो ।एनफिल्डमा यस सिजन लिभरपुल १६ खेलमा अपराजित रहेको छ र त्यसमध्ये १४ मा विजयी रहेको छ ।

अब सेमिफाइनल दोस्रो लेग जनवरी २४ मा फुलहमको घरेलु मैदानमा खेल हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?