रुपन्देही । नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा कृष्ण खरेल निर्वाचित हुनुभएको छ । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो ।
निर्वाचन समितिका संयोजक डा. श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत हुनुभयो
सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही चयन भएको उनले जानकारी दिनुभयो ।
संघको लुम्बिनी शाखामा ७०० चिकित्सक आवद्ध हुनुहुन्छ । देशभरका ३५ हजार चिकित्सक संघमा आवद्ध हुनुहुन्छ।नवनिर्वाचित लुम्बिनी अध्यक्ष डा. खरेलले चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने बताउनु भयो ।कतिपय दुर्घटनालाई गलत ढंगबाट व्याख्या गर्ने प्रवृत्ति चिर्न जरुरी रहेको बताउँदै उहाँले कानून बनाएर विकृति रोक्नेतर्फ सरकार लाग्नुपर्ने औंल्याउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच