संक्रमित बढेपछि ग्रिस सरकारले दियो कोभिड-१९ र इन्फ्लुएन्जाबिरूद्ध खोप लगाउन निर्देशन

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । ग्रिस सरकारले कोरोना संक्रमणको वृद्धि भएसँगै कोभिड १९ र इन्फ्लुएन्जाबिरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।

एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले शतर्क रहन आग्रह गर्नुभयो । गत सेप्टेम्बरदेखि देशभर कोभिड-१९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो ।

करिब १० करोड जनसंख्या भएको देशमा २ लाख १० हजारले मात्र कोभिड-१९ बिरुद्धको खोपको पछिल्लो डोज पाएका छन् । गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लूविरुद्धको खोप लगाएका छन् । नोभेम्बरदेखि ग्रीसले कोभिड-१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?