नेपाल पुलिस क्लब बन्यो ३४औँ राष्ट्रिय भलिबल च्याम्पियन

नन्दराम जैशी
Read Time = 3 mins

सुर्खेत । ३४औँ राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लबले जित हात पारेको हो ।

उपाधिका लागि बिहीबार दिउँसो १ बजेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित खुलामञ्चमा भएको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेलमा पुलिस क्लबले उपाधि हातपार्न सफल भएको छ ।

उक्त खेलमा एपिएफले पुलिसलाई पहिलो सेटमा विजयी भएको थियो भने त्यसपछि भएका सेटहरूमा लगतार पुलिसले जित निकाल्दै राष्ट्रिय भलिबल प्रतियोगीताको विजयी हो ।

निकै प्रतिस्पर्धात्मक देखिएको यो दुई समूहबीचको खेलमा एपिएफले पुलिसलाई पहिलो सेट २५–२२ ले हराएको थियो । तर, दोस्रो सेटबाट नेपाल पुसिल क्लबले लगातार तीन वटा सेट जितेको हो ।

नेपाल पुसिल क्लबले एपिएफलाई दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–२३ ले हराउँदै विजयी भएको छ ।
यस्तै, बिहीबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको हो ।

गण्डकीले आर्मीलाई पहिलो सेटमा २५–२२ ले हराएको थियो । दोस्रो सेटमा भने गण्डकी २६–२४ ले पराजित भयो । त्यसपछिका सेटमा भने गण्डकीले लगातार बाजी मार्न सफल भयो। तेस्रो सेटमा आर्मीलाई २६–२४ ले तथा चौथो तथा अन्तिम सेटमा २५–२२ ले नतिजा निकाल्दै गण्डकीले जित निकालेको हो ।

पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तिन विभागीयसहित ७ प्रदेश गरि १० टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?