हिटाकर्मी मल्लसहित चार जना पत्रकार सम्मानित

Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल
मुगु । मुगु जिल्ला स्थित छायानाथ रारा नगरपालिकाले ४ जना पत्रकारलाइ सम्मान गरेको छ । शुक्रबारबाट शुरु भएको आफ्नो १४ औँ नगरसभामा लामो समयदेखि मुगु जिल्लाको पत्रकारिता योगदान दिएका क्रियाशिल चार जना पत्रकारहरुलाइ नगरपालिकाले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स तथा हाम्रा कुरा डटकम अनलाइन मुगु समाचारदाता नृपेन्द्र बहादुर मल्ल, रेडियो नेपाल मुगु समाचारदाता विनोद कुमार मल्ल, अन्नपूर्ण पोष्ट मुगु समाचारदाता जीवन सेजुबाल र न्युज द्दद्ध मुगु समाचारदाता दान बहादुर बुढा रहेका छन् ।

सम्मानित चारै जना पत्रकारलाइ नगरप्रमुख विष्नुकुमार भामले सम्मान पत्र सहित जहित ५ हजारका दरले नगद सम्मान रकम प्रदान गर्नु भएको थियो ।

सम्मान कार्यक्रम पछि बोल्दै नगरप्रमुख भामले आफू जाने बुझ्ने भए देखी मुगु जिल्लाका आवश्यता, जनगुनासा,विकास, स्वास्थ्य, जनजिवन,धार्मिक, सास्कृतिक, पर्यटन,खेलकुद, अपराध, शान्तिसुरक्षा, विभेद, भष्टचार, सुसासन, लगायतका क्षेत्र सम्मानित पत्रकारहरुले कलम चलाएका समाचार पढ्दै, सुन्दै र हेर्दै आएको बताउनु भयाे  । पत्रकारहरु समाज र जन प्रतिनिधिका लागिका ऎनाका साथै मध्यस्तकर्ता भएको बताउनु भयो ।

हाम्रा काम कारर्वाही जनता सामु कति प्रभावकारी भैरहेका छन ? जनताका माग, गुनासा के छन् ? आफ्नाबारे दुनियाँले के मुल्यांकन गरेका छन् जानकारी गराउने माध्यम नै पत्रकार भएको र नगरपालिकामा पत्रकारिताको पेशागत विकास, सक्षमता,सुरक्षा, व्यवस्थापकीय सुधारका लागि नीतिगत रुपमा नेपाल पत्रकार महासङ्ग मुगुको समन्वयमा निकट भविष्य मै छायानाथ रारा नगर सन्चार नीति ल्याउने नगर प्रमुख भामले घोषणा गर्नुभयो ।

'लामो समयदेखि पत्रकारितामा लागेपनी स्थानिय सरकारहरुले कहिल्यै यसरी सम्झेका थिएनन् । हाम्रै समाचारका प्रभावले कति विकास भए, कतिले न्याय पाए,कतिले राहत,उपचार,सहयोग पाए ,पर्यटकीय क्षेत्र,जिल्लाको प्रचार भयो, सुशासन कायम गर्न र भष्टचार नियन्त्रणमा टेवा पुन्यो अनि राज्यसङ्ग मुगुका समस्या, माग समस्य पुग्यो र सुन्यो आज आएर नगरपालिकाले हाम्रो योगदानको कदर गर्दै सम्मान गरेकोमा धन्यवाद सम्मानले पत्रकारितामा अझै पेजिलो रुप लागि सत्य,तथ्य,निष्पक्ष र तथष्ट रहि समाचार लेख्न दवाव र हौसला मिलेको पत्रकार जीवन सेजुवालले बताउनु भयो ।

सम्मानित हुनेहरुमा नृपेन्द्र बहादुर मल्ल २० वर्ष देखि रासस , २ वर्ष देखि हिमालय टाइम्स र १० वर्ष देखि हाम्रा कुरा डटकममा आवद्ध रहि पत्रकारिता गरिरहनु भएको छ भने विनोद कुमार मल्ल २५ वर्ष देखि रेडियो नेपाल र जीवन सेजुवाल २२ वर्ष र दान बहादुर वुढा १५ वर्ष देखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।

छायानाथ रारा नगरपालिकाको १४ औँ नगरसभाको उदघाटन सत्र कर्णाली प्रदेश सरकारका पुर्व उधोग,पर्यटन तथा वन वातावरण मन्त्री तथा प्रदेश सदस्य जित बहादुर मल्लको प्रमुख आथित्यता र नगरप्रमुख विष्णु कुमार भामको सभाध्यक्षमा विहिवार सम्पन्न भएको थियो । विहिवार साझँबाट नयाँ र संशोधित विधेयक बारे दफावार छलफल शुरु हुने नगरप्रमुख भामले जानकारी गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?