काठमाडौं । टाटा मोटर्सको नेपालस्थिति आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले टाटा मोटर्स फन कानिर्भल तीन आयोजना गर्ने भएको छ । एकैसाथ पाँच स्थानमा आयोजना हुने कार्निभलमा इभी गाडी खरिद गरी विभिन्न किसिमका अफर प्राप्त गर्न सकिनेछ । कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायत गाडीहरू साट्न सकिनेछ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गदै मेला आयोजना गरिएको कम्पनीले जनाएको छ । मेला पुस २७ गतेदेखि २९ गतेसम्म उपत्यकाबाहिर टाटा मोटर्सका शोरूम अलास्का मोर्टस विर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक, पोखरा र टाउनहल प्लानिङ विरगंजमा हुने कम्पनीले जनाएको छ ।
फन कार्निभल तीनमा टाटाका गाडी किन्ने ग्राहकले आकर्षक एक्स्चेन्ज बोनस, निःशुल्क रूपमा इभी गाडीका लागि फाष्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच