नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको एकल उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरीको एकल उम्मेदवारी परेको छ।

कैलालीको टिकापुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम थियो ।

निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको एक नेताले बताए । एकल उम्मेदवारी पछि उहाँ सर्वसम्मत हुनुभएको छ । घोषणा हुनभने बाँकी छ ।

पार्टीको संरक्षक रहनुभएका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा सदस्य हुनुहुन्थ्यो। चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य हुनुहुन्छ ।

यसअघि रेशमपत्नी रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष हुनुहुन्थ्यो ।

महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?