
काठमाडौं । साहित्यकार सुरेश वैद्यको निधन भएको छ । साहित्यकार वैद्यको ७४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । गजल र मुक्तकमा सशक्त रूपमा कलम चलाउँदै आउनुभएका उहाँ केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । उहाँ क्यान्सर रोग र मृगौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
यस्तै बुधबार प्रा.टंकमणि नेपालको निधन भएको छ । उहाँको ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँ इतिहासविद् ज्ञानमणि नेपालको भाइ हुनुहुन्थ्यो । उहाँका एक छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।
त्यस्तै, शिक्षाविद् मेघराज कोइरालको पनि निधन भएको छ । सर्लाही लालबन्दी निवासी उहाँको ७८ वर्षको उमेरमा निधन भएको हो । उहाँ मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । कोइरालाले भानु माध्यामिक विद्यालय बन्दिपुर र निर्मल माध्यमिक विद्यालय तनहुँको प्रध्यानाध्यापक भएर काम गर्नुभएको थियो । उहाँ २०३४ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला कार्य समितिको सदस्यसमेत रहनुभएको थियो । उहाँका दुईवटा छोरी र दुईवटा छोरा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच