काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पाँचजना निर्वाचित भएका छन् । पुस २५ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सञ्चालक समितिमा पाँचजनालाई निर्वाचित गरेको हो । नयाँ सञ्चालकमा संस्थापकतर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् भने संस्थापक संस्थागत कम्पनी मुक्तिनाथ विकास बैंकतर्फबाट गोविन्दबहादुर राउत र सर्वसाधारणतर्फबाट चिरञ्जीवी अर्याल निर्वाचित भएको कम्पनीले जनाएको छ ।
पुस २६ गते बसेको नवनिर्वाचित सञ्चालकको बैठकले सीताराम काफ्लेलाई अध्यक्षमा चयन गरेको छ भने सञ्चालक भरतराज ढकाललाई चारवर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको छ । मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीसहित नेपालका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिको लगानीमा स्थापना भएको कम्पनी कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनी हो ।
कम्पनीले सर्वसाधारण सेयर निष्कासनसमेत गरिसकेको छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक चार सय ५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच