यस्तो छ राष्ट्रपति निर्वाचनको नमुना मतपत्र

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ ।

जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरूको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरूको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?