भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

बसमा के कति सवार थिए यकिन हुन सकेको छैन । उद्दारको काम भैरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?