उद्योग वाणिज्य संघ गुल्मीद्वारा तीन कृषक सम्मानित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा तीन कृषक सम्मानित हुनुभएको छ । गुल्मी उद्योग वाणिज्य संघले यस जिल्लाका तीन कृषकलाई सम्मान गरेको हो ।

गुल्मी उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाको अवसरमा धुर्कोट गाउँपालिका वडा नम्बर-५, सिस्तुङ्गमा भएको एक औपचारिक कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्दै व्यवसायिक र कृषि पेशामा उर्जाका साथ लाग्न प्रेरणा मिलोस् भनेर सम्मान उहाँहरुलाई गरिएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

त्यस अवसरमा धुर्कोट गाउँपालिका वडा नम्बर-५, मा सञ्चालित आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरेलाई सम्मान गरिएको छ । घिमिरेले त्यहाँ रहेर कृषि क्षेत्रको दुग्ध उत्पादन तथा वितरण गर्दै आउनुभएको छ ।

त्यस्तै, इस्मा गाउँपालिका वडा नम्बर-३, मा सञ्चालित ग्यालेक्सी कृषि फार्मका सञ्चालक गोकर्ण नेपालीलाई सम्मान गरिएको छ । नेपालीले त्यहाँ रहेर कृषि क्षेत्रको घाँस नर्सरी तथा फूल खेती गर्दै आउनुभएको छ । मदाने गाउँपालिका वडा नम्बर-३, का प्रेम  अर्याललाई पनि सम्मान गरिएको छ । अर्यालले त्यहाँ रहेर कफी खेती गर्दै आउनुभएको छ ।

सम्मानित हुनुहुने तीन जना कृषकलाई लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलद्वारा नगदसहित दोसल्ला र सम्मान-पत्र प्रदान गरिएको थियाे ।

साधारणसभामा गुल्मी उद्योग वाणिज्य संघले हालसम्म गरेका सम्पूर्ण गतिविधि र आगामी दिनमा गरिने योजनाको बारेमा पनि जानकारी गराइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?