![काठमाडौं संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/kathmandu-climate2.jpg)
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले आगामी फागुनमा विधान सम्मेलन गर्ने घोषणा गरेको छ । पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो । माओवादीले सशस्त्र हिंसा सुरु गरेकै दिन राजधानीमा विधान सम्मेलन सुरु गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रवक्ता सापकोटाले स्थायी कमिटी बैठकले विधान सम्मेलनका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको पनि जानकारी दिनुभयो । यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको सात सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो । सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ ।
माओवादी केन्द्रले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की रहनुभएको थियो । सोही मस्यौदा शनिबार बसेको स्थायी समिति बैठकमा पेस गरिएको थियो । यस्तै, बैठकमा ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण चार महिने अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालिएको छ । स्थायी समिति सदस्यहरूले अभियानले पार्टी संगठनहरूलाई सक्रिय बनाएको रिपोर्टिङ गरेका थिए । पार्टीको सातवटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका हुन् । अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश इञ्चार्जहरूको रिपोर्टको संश्लेषण सुनाउनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बोलाइएको छ ।
प्रचण्डको नेतृत्वमा पार्टी एकता संयोजन समिति
माओवादी केन्द्रले पार्टी एकताको वातावरण बनाउने निर्णय पनि गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो । पार्टी एकताको संयोजन अध्यक्ष प्रचण्डले गर्ने र त्यसका लागि नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीसँग छलफल अघि बढाउने निर्णय पनि भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘पार्टी एकताको विषयमा छलफल भएको थियो, पार्टीको एकताको विषयमा चाहिँ पार्टी एकता संयोजक समिति बनाउन वातावरण बनाउने र पार्टी एकता संयोजन समिति पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।’ स्थायी कमिटी सदस्य गणेश साहले सरकारका काम कारबाहीबारे अध्यक्ष प्रचण्डले बैठकमा बिफ्रिङ गर्नुभएको जानकारी दिनुभयो । सरकारका काम कारबाही सन्तोषजनक रहेका उहाँको भनाइ थियो ।
सरकारले आगामी बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछ : अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट आमनेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताउनुभएको हो । नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा अध्यक्षले बैठकमा जोड दिनुभएको प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्डले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिनुभएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरू हात पारेको दाबी गर्नुभएको जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘अबको बजेट बनाउँदा पहिलो कुरा त सरकारमै छलफल गरिन्छ । अन्तिममा चाहिँ बजेट बनाउँदाखेरी जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ । त्यसो भएपछि जनताको के चाहना छ ? जनताले के चाहेका छन् ? भन्ने कुरा पनि हुन्छ । र, अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दै छ । त्यो सिलिङ बनाउने क्रमसँगै सबैसँग छलफल गरिन्छ । त्यो सिलिङ बनाउने कुरामा पनि आमूल परिवर्तन गरिन्छ भनेर उहाँले भन्नुभएको छ ।’
दुई केन्द्रीय सदस्यलाई कारबाही, दर्जन बढीलाई स्पष्टीकरण सोध्ने
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीका दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा विकलाई कारबाही गर्ने निर्णय गरेको हो । तामाङ राजावादी गतिविधिमा संलग्न भएको र विक केही समयअघि एमालेमा प्रवेश गरेकाले कारबाही गरेको माओवादीले जनाएको छ । माओवादीको चार महिने विशेष रूपान्तरण अभियानमा कार्यक्षेत्रमा नजाने दर्जन बढी केन्द्रीय सदस्यको पहिचान गरी स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ ।
सुशासन नभई विकास र आर्थिक समृद्धिमा परिणाम निकाल्न सकिँदैन : उपाध्यक्ष श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा विकास र आर्थिक समृद्धिका लागि सुशासन पूर्वसर्त भएको बताउनुभएको छ । नेपालमा राजनीतिक परिवर्तनसँगै विकास र समृद्धिका क्षेत्रमा सकारात्मक काम भए पनि पर्याप्त भने नरहेको स्वीकार गर्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘राजनीतिक व्यवस्था परिवर्तनपछि हामीले राजनीतिक अधिकार प्राप्त गरेका छौँ । यो राजनीतिक अधिकार सँगसँगै हामीले आर्थिक विकास र समृद्धिको क्षेत्रमा पनि केही न केही सकारात्मक काम गरेका छौँ । विकास र आर्थिक क्रियाकलापको तीव्रतालाई हामीले केन्द्रमा राख्नुपर्दछ । तर, नेपालको सन्दर्भमा सुशासन त्यसको पूर्वशर्त हुन पुगेको छ । सुशासनबिना पनि हामीले त्यो क्षेत्रमा काम गर्न, परिणाम निकाल्न सक्दैनौँ । त्यसकारण सुशासन र समृद्धि एक अर्कासँग अत्यन्तै जोडिएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच