यस्तो छ तपाईंको वैशाख ९ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ वैशाख ९ गते शनिबार, ई.सं २२ अप्रिल, २०२३ । तिथि- वैशाख शुक्लपक्ष द्वितीया, ८ः३६ बजे उप्रान्त तृतीय, नक्षत्र- कृत्तिका, योग- आयुष्मान्, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदयः ५ः३५, सूर्यास्तः १८ः३२ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।

मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?