टर्की सुरक्षा बलद्वारा सिरियामा ४५ कुर्द लडाकू मारिएको दाबी

फाइल तस्बिर

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । टर्कीका सुरक्षा बलले आफ्ना सैनिकहरू मारिएको बदलामा जवाफी हवाई आक्रमणमा ४५ आतंकवादी मारेको दाबी गरेको छ ।

आतंकवादीमध्ये ३६ उत्तरी इराकमा सेनाको सीमापार कारबाहीमा मारिएका र उत्तरी सिरियामा नौ जना मारिएका हुन् । इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) र सिरियामा यसको शाखा, कुर्दिश पीपुल्स प्रोटेक्सन इकाइहरूलाई निशाना बनाएर हवाई आक्रमणहरू भएको थियो ।

उत्तरी इराकमा पीकेके आक्रमणमा नौ टर्की सैनिकको हत्या बदला लिन गरिएको बताइएको छ । राष्ट्रपति कार्यालयकाअनुसार शनिवार इस्तानबुलमा एक सुरक्षा बैठक भएको थियो ।

जसमा देशको आतंकवाद बिरोधी रणनीति र लडाईको समग्र मूल्याङ्कन गरिएको थियो । टर्की संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचिवद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारबिरुद्ध बिद्रोह गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?