गाजा पट्टी । प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताउनुभएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ ।’
लाजारिनीले अक्टोबर ७ मा हमास र अन्य समूहले गरेको ‘भयानक आक्रमण’को निन्दा गर्नुभएको छ, जसमा एक हजार १४० जनाको मृत्यु भएको थियो ।
थप २५० जनालाई बन्धक बनाइएको र तीमध्ये १३२ जना गाजामै रहेको र २५ जनाको मृत्यु भएको अनुमान गरिएको इजरायली अधिकारीहरूले बताएका छन् । ‘बन्धक र उनीहरूका परिवारका लागि १०० दिनको समय निराशा र चिन्ताबीच बितेको छ’, लाजारिनीले भन्नुभयो ।
इजरायलले गत अक्टोबर ७ देखि गाजामा आक्रमण गर्दा कम्तीमा २३ हजार ८४३ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । लाजारिनीका अनुसार बालबालिकाको एउटा सिंगो पुस्ता ‘आघातमा परेको’ छ र निको हुन वर्षौं लाग्नेछ । उहाँले भन्नुभयो, ‘बालबालिकालगायत अन्य मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेका छन्, रोगहरू फैलिरहेका छन् । तिनीहरू बाँच्न नसक्ने ठाउँमा बाँचिरहेका छन् र समय अनिकालतिर लम्किरहेको छ ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच