काठमाडौं । निर्माण व्यवसायीहरूलाई नेपाल सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि भुक्तानीको प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।
छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षकै भुक्तानी गर्न बाँकी एक अर्ब ७१ करोड रुपैयाँ र चालु आर्थिक वर्षको हालसम्मको दायित्व गरी छ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षकै भुक्तानी गर्न बाँकी एक अर्ब ७१ करोड र चालु आर्थिक वर्षको हालसम्मको दायित्व गरी छ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आइतबार नै भुक्तानीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ । तथापि निर्माण व्यवसायी महासंघले भने सरकारले झण्डै ४० प्रतिशत भुक्तानी दिनुपर्ने बताउँदै आएको छ । गत कात्तिक १ गते अर्थ मन्त्रालयले सम्पन्न भइसकेको कामको भुक्तानी दिन सम्बद्ध मन्त्रालयलाई निर्देशन दिइसके पनि अझै चार अर्ब रुपैयाँ भुक्तानी पाउन नसकेको र ४० अर्बको बिल बनाउन बाँकी रहेको महासंघको दाबी छ । गत आर्थिक वर्षमा सम्पन्न गरेको कामको बिल पेश गरेका निर्माण व्यवसायीले चालु आर्थिक वर्षको पाँच महिना बित्दा पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायमा प्रत्यक्ष असर परेको बताएका छन् । सरकारले दशैँअघि नै भुक्तानी गर्ने बताए पनि झुक्याएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभएको छ ।
२० प्रकारका औषधि उत्पादन थाल्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ । आइतबार लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर उहाँले यस्तो निर्देशन दिनुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढंगले काम अघि बढाउन निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले हाल २० वटा औषधि उत्पादनबाट काम सुरु गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश आत्मनिर्भर बन्ने एउटा राम्रो क्षेत्र यो पनि हो । सबै कुरा एकैपटक नहोला । तपाईंहरू काम सुरु गर्नुस् । मैले पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु । यस क्षेत्रमा देखिने गरी काम गरौँ ।’
लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी गराउँदै केही प्राविधिक जनशक्ति व्यवस्था, मेसिनको गुणस्तर वृद्धि र केही नयाँ मेसिन खरिद गरी उत्पादन विस्तार गर्न सकिने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच