युज मोबाइल बैंकिङ डटकमको सुरुवात

Read Time = 2 mins

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले युज मोबाइल बैंकिङ डटकमको सुरुवात गरेको छ । उक्त वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगका लागि ट्युटोरियलहरू (सन्दर्भ सामग्री) छन् । ती सामग्री प्रयोगबारेमा जान्न चाहने कुनै पनि ग्राहकले वेबसाइटमा गएर आफ्नो मोबाइल बैंकिङ प्रयोगको ट्युटोरियल हेर्न सक्ने कम्पनीले जनाएको छ ।

वेबसाइटमा मोबाइल बैंकिङसम्बन्धी नवीनतम् तथ्य, तथ्यांक र डाटाका साथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञका विचार पनि निरन्तर अपडेट गरिन्छ । कम्पनीका अनुसार युज मोबाइल डटकम एफवान सफ्टद्वारा मोबाइल बैंकिङ प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरूमा डेबिट कार्ड र नगदको तुलनामा विस्तारै बैंकिङ र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भन्नुभयो, ‘मोबाइल बैंकिङको ठूलो सम्भावना छ र हामी मानिसलाई टेक्नोलोजीसँग अझ बढी परिचित गराउन चाहन्छौँ, मोबाइल बैंकिङ प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गर्छौँ कि युज मोबाइल बैंकिङ डटकमले मोबाइल बैंकिङ प्रयोग गर्न सहज बनाउन मद्दत गर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?