प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन् ।

आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको थियो भने सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल खेल्दै छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।

त्यस्तै आजको दोस्रो खेल टियु क्रिकेट मैदानमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुदै छ । मधेश प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराउदै शानदार शुरुवात गरेको छ भने त्रिभुवन आर्मी क्लबको यो पहिलो खेल हुने छ । त्यसैगरी आज तेस्रो खेल एपीएफ क्लब र कोशी प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?