नुवाकोटको तारुकामा १७ हल गोरु जुधाई (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । माघे संक्रान्तिको अवसरमा आज नुवाकोटको तारुकामा १७ हल गोरु जुधाइएको छ ।

हरेक वर्ष नुवाकोटमा माघेसंक्रान्तिमा गोरु जुधाउने गरिन्छ । जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाउने मेला सञ्चालन हुन लागेको हो ।

तारुकाको गोरुजुधाइ मेलाको सफलतापछि ०६७ सालबाट बेत्रावतीमा पनि व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो ।

पछिल्लो केही वर्षदेखि पञ्चकन्यालगायत विभिन्न स्थानमा माघेसंक्रान्तिमा गोरु जुधाउन थालिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?