गाजा युद्धका सय दिन पुरा, संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुन: आह्वान

न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमवार गाजामा द्वन्द्व शुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गर्नुभएको छ । गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको बताउनु भयो । उहाँले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढीरहेकोले भन्दै चाँडै युद्धबिराम गर्न आह्वान गर्नुभयो ।

उहाँले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताउनु भयो । उहाँले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताउनु भयो । द्वन्द्व शुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सिमित नरहेको बताउनु भयो ।

गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भएपनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताउनु भयो । भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताउनु भयो । सहायता अभियानले गाजा भित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको बताउनु भयो ।

हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय दिन नसक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?