जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?