काठमाडौं । पेनकेक सिलातको दोस्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ । बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गर्नुभएको थियो ।
तीनदिने तालिममा ३० प्रशिक्षक तथा २० रेफ्री सहभागी हुनुहुन्थ्यो । सहभागीलाई विवेककुमार विक र गोविन्द चौधरीले प्रशिक्षण दिनुभएको थियो ।
सहभागीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिमको लुम्बिनी प्रदेशका सांसद कृष्णकुष्मा थारुले उद्घाटन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच