पिकेको विदाई खेलमा बार्सिलोनाको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रक्षक जेरार्ड पिकेको विदाई खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक (एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

बार्सिलोनाको एकेडेमी खेलाडी पिकले म्यानचेस्टर युनाइटेडमा चार वर्ष बाहेक सबै समय क्याटलान क्लबमै व्यतित गरेका थिए । उनले ३५ वर्षको उमेरमा अघिल्लो दिन संन्यास लिग घोषणा गरेका थिए । बार्सिलोनामा रहँदा उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको गरि ३० उपाधि जितेका थिए ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल मड्रिडभन्दा दुई अंक माथि रहेको छ । एक खेल कम खेलेको रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ खेलबाट समान अंकसहित १५औं स्थानमा छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?