आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएकाे छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

‘अर्थ मन्त्रालयको प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ शर्माले भन्नुभयो ।

यस्तै सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

सरकारले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा‍ रवि मल्ललाई नियुक्त गरेको छ।

यसैगरी मन्त्रिपरिषद बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?