श्रृंखलावद्ध चोरी कार्यमा संलग्न व्यक्ति पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रृंखलावद्ध चोरी कार्यमा संलग्नलाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ ।

बुधवार ललतिपुरका विभिन्न स्थानहरुमा श्रृंखलावद्ध रुपमा राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने वर्ष ४० का दोलखाको सैलुङ गाउँपालिका ४ स्थायी घर भएका रघुनाथ बस्नेतलाई सार्वजनिक गरेको हो । प्रहरीले चोरी कार्यमा संलग्न उनलाई भक्तपुर थिमी नगरपालिका ९ निकोसेराबाट पक्राउ गरेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै ललतिपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँमा चोरी गरेको फेला परेको बताउनु भयो ।

उहाँले उक्त चाेरले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट सुनको गरगहना करिव २७ तोला, चाँदी गरेर अन्दाजी मूल्य ३७ लाख १६ हजार ९२५ बराबरको नगद र धनमाल चोरी गरेको र सानेपाबाट २४ लाख ७६ हजार बराबरको धनमाल, सानेपामै विदेशी नागरिकको कोठाबाट चोरी गरेको समेत बताउनु भयो ।

चोरी कार्यमा संलग्न भइ पक्राउ परेका व्यक्तिले यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको प्रमुख खनालले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?