
पोखरा । एपिएफ क्लब, चन्द्रागिरि नगरपालिका र न्यु डाइमण्ड भलिबल क्लब टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशलाई बुधबार ३-० को सोझो सेटमा हराउँदै एपिएफ समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । एपिएफले गण्डकीलाई २५-१६, २५-९ र २५-१७ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । एपिएफ पाँच अंकसहित विजेता हुँदा गण्डकी अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तै, चन्द्रागिरि नगरपालिकाले न्यु डायमण्डमाथि बुधबार जित हात पार्दा सेमिफाइनलमा स्थान बनायो । पोखरा रंगशालाको हातामा रहेको भलिबल कोर्टमा न्यु डायमण्डले भारतको हरियाणा पुलिस टिमलाई ३-० ले हराउँदै समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो । आर्मी दुई अंकका साथ उपविजेताका रूपमा अन्तिम चारमा पुगेको थियो ।
न्यु डायमण्ड २५-१७, २५-१८ र २५-१६ ले विजयी भएको थियो । अब सेमिफाइनल एपिएफ र आर्मी तथा न्यु डायमण्ड र नेपालमा पुलिस क्लबबीच हुनेछ ।
पुरुषतर्फ साबिक विजेता घरेलु टोली गण्डकी, पूर्वविजेता आर्मी र हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम छन् । गण्डकी र हरियाणा प्रतियोगिताबाट बाहिरिएका छन् ।
महिला र पुरुष दुवैतर्फको विजेता टोलीले समान पाँच लाख ५५ हजार ५५५, दोस्रो हुनेले दुई लाख ५५ हजार ५५५ तथा तेस्रो हुनेले एक लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच