
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अव उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ ।
बिहीवार सिंहदरबारस्थित संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताउनुभएको हो ।
मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसावले अघि बढाउने आवश्वासन समेत दिनु भयो ।
बैठकमा बोल्दै समितिका सदस्यहरुले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले विदेश पलायन हुने क्रम रोक्ने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले मुलुकप्रतिको विश्वास जगाउने गरी सरकारले सडकलगायतका पूर्वाधार विकासको कामलाई तिब्रता दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
सांसद राईले भन्नुभयो, ‘अहिले मान्छेले मुलुकप्रतिको आशा र विश्वास बिस्तारै हराउँदै गएको छ । र, विकास, निर्माणको काम सोचे अनुसार नै हुने हो भने साँच्चै मान्छेहरु आशावादी हुन्छन् । मुलुकप्रति विश्वास गर्छन् । र, मुलक छोडने क्रम पनि न्युनिकरण हुन्छ । त्यसैले यी कामहरुमा जोड दिनुपर्दछ ।’
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की (आछामी) ले देश र जनतालाई छिटो प्रतिफल दिने विकास आयोजनाको काममा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अघि बढाउनेबारे निर्णय लिन ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो ।
सांसद आछामीले भन्नुभयो, ‘धेरै र छिटो प्रतिफल दिने आयोजनाहरुको काममा बजेट, स्रोत, साधन र जनशक्ति केन्द्रित गरेर यसलाई समयमै सम्पन्न गर्नका लागि पनि ध्यान दिनुपर्छ भन्ने मेरो सरकारलाई सुझाव छ । अब यो रेलको विषय चाँही यो पूर्वपश्चिम विद्युतीय रेल बनाउने कुरा पनि छिटो निक्र्यौलमा पुग्नुपर्दछ । यसमा ढिलाई गर्नहुन्न ।’
सांसद आछामीले जनतालाई सास्ती हुने र मुलुकमा आर्थिक भार मात्रै पर्ने आयोजनालाई सरकारले अहिले तत्काल अघि बढाउन नहुने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच