जन्मदिनमा बृद्ध–बृद्धालाई न्यानो कपडा उपहार

Read Time = 3 mins

-राजकुमार कार्की
ओखलढुंगा । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४ का युवा व्यावसायी धनबहादुर गिरीले आफ्नो जन्मदिनको अवसरमा बृद्ध–बृद्धालाई ज्याकेट वितरण गनुभएको छ ।

साविक फेदिगुठ गाउँ विकास समिति हाल चम्पादेवी गाउँपालिकाको वडा नं ४ र ५ का बृद्ध–बृद्धालाई ज्याकेट वितरण गर्नु भएको हो । दुईवटा वडामा रहेका ७५ वर्ष भन्दा बढी उमेर भएका बृद्ध बा–आमा र अपाँग नागरिकलाई ज्याकेट वितरण गरिएको बताएका छन् ।

काठमाण्डौमा रहेर ब्यवसाय गरिरहेका गिरीले यो वर्षको जन्मदिन गाउँमै आएर साबिक गाविस भरिका बृद्ध बा-आमा सँग मनाउनु भएको छ । जन्मदिनमा केक काटेर लाखौ खर्च गरी पार्टी दिने चलनको विकास भईरहेको बेलामा गाउँका अशक्त बृद्ध बा-आमालाई न्यानो कपडा वितरण गरिनु सह्रानिय काम भएको बताएका छन् ।

आफ्नो कमाईबाट केहि रकम समाजसेवाको लागि छुट्याउने गरेको र त्यहि रकमबाट बृद्ध बा–आमालाई ज्याकेट वितरण गरेको धन बहादुर गिरीले बताउनु भयो । उहाँले माँघेसक्रान्तिको दिनमा हिड्न सक्नेलाई आ–आफ्नो टोलमा भेला गरेर वितरण गर्नु भएको थियो भने हिड्न नसक्ने बा–आमा र अपाँगलाई घरैमा पुगेर वितरण गर्नु भएको थियो । साविक गाविसको नौ वटै वडामा भएका बृद्ध नागरिकलाई भेटेर ज्याकेट वितरण गरिएको बताउनु भयो ।

ज्याकेट वितरण गर्दै चम्पादेवी गाउँपालिका प्रमुख नबराज केसीले जन्मदिनमा आफ्नो ठाउँका बृद्ध बा–आमालाई सम्झेर कपडा वितरण गरेकोमा धन्यबाद दिनुभयो । साथै उहाँले यस्ता बृद्ध बा–आमालाई सम्मान गर्ने कार्यक्रम अन्य वडाहरुमा पनि वितरण गर्न आग्रह गर्नु भयो । जोडोको समयमा ज्याकेट पाएपछि बृद्ध नागरिकहरु खुशी भएका छन् । उहाँहरुले जन्मदिनमा सम्झेर ज्याकेट सहित भेट गर्न आएकोमा धन्यबाद दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?