गान्तोक । जीवन शर्माका दुई उपन्यास ‘इन्भिन्सिबल लभ’ र ‘मेमोरी अफ सेभियर’ पाठकमाझ आएका छन् । दुवै उपन्यास ड्रिमबुक प्रकाशन दिल्लीले पाठकमाझ ल्याएको हो । लेखक शर्माका अनुसार यी दुवै उपन्यास डिजिटल प्लेटफर्महरू एमाजोन, डृमबुक र पेपर ब्याक, र ई बुक किण्डल भर्सनमा पनि उपलब्ध छन् । पुस्तकलाई विश्वबजारमा पुगोस् भन्ने उद्देश्यले डिजिटल प्लाटफर्ममा राखिएको शर्माले जानकारी गराउनुभयो ।
उपन्यास ‘इन्भिन्सिवल लभ’ थ्रीलर तथा रोमान्टिक लभ स्टोरी भएको शर्मा बताउनुहुन्छ । ‘यो उपन्यास यात्रासम्बन्धी हो । जापान र चाइनाको बीचमा अवस्थित येल्लो सीको क्रुजमा भएको रमाइलो घटनलाई समेटेर उपन्यास तयार पारेको हुँ’, शर्माले भन्नुभयो । साथै यो अलिक हरर किसिमको पनि रहेको उहाँको भनाइ छ । ‘पढ्दै जाँदा पाठकलाई फिल्म हेरेको महसुस हुन्छ । यो उपन्यास पढिसक्दा हलबाट मुभी हेरेर निस्किएको महसुस होस् भन्ने उद्देश्यले लेखिएको हो’, उहाँले भन्नुभयो ।
यस्तै, ‘मेमोरी अफ सेभियर’ पनि यात्रासम्बन्धी नै रहेको तर यसमा भने रेलवेको यात्रा र त्यहाँबाट देखिएको विविध जीवन र भोगाइ सम्बन्धि रहेको उहाँले बताउनुभयो ‘रेल विभिन्न ठाउँ हुँदै गएको हुन्छ, त्यसमा मान्छेको भोगाइ केकस्तो हुन्छ र समाजलाई भित्री रूपले कसरी नियाल्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । साथै यो समाजलाई कसरी सही रूपमा ल्याउन सकिन्छ भन्ने परिकल्पना पनि हो । समाजलाई विकृतिबाट बचाउने कुनै न कुनै सेभियर हुन्छ, जसको कहिलेसम्म आवश्यक हुन्छ ? भन्ने प्रश्नसहितको उपन्यास हो,’ शर्माले भन्नुभयो ।
लेखक शर्मा गायक तथा संगीतकार पनि हुनुहुन्छ । उहाँको ‘आउ हामी प्रेम गरौं’, ‘फूल जस्तै’, ‘रेटेसम्म बज्छु’, ‘डाँडापाखा हरियाली’, ‘जतै मान्छे’, ‘अलिकती पिउँदैछु’ लगायत दुई दर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । यस्तै करिब ४० जति गीतमा उहाँले संगीत भर्नुभएको छ । ‘एग्रिकल्चरल मार्केटिङ एक्सपर्ट’ शर्मा हाल सिक्किम सरकारको मार्केटिङ फेडरेसनमा जेनेरल म्यानेजरसमेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच