
काठमाडौं । विद्युतीय सवारी साधनको क्षेत्रमा विश्वव्यापीरूपमै अग्रणी कम्पनी बिवाइडीले ललितपुरमा शोरुम विस्तार गरेको छ । उक्त शोरुम उद्घाटनले बिवाइडीको विस्तार रणनीतिमा एक महत्वपूर्ण कोशेढुंगाको कार्य गरेको कम्पनीले जनाएको छ । सम्भावित खरिदकर्ता र ग्राहकका लागि नयाँ शोरुमले ‘वान स्टप सोलुसन’ प्रदान गर्नेछ, जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसनसमेत उपलब्ध हुनेछ । जसले बिवाइडीको पहुँचयोग्य र दक्ष चार्जिङ पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धतासमेत प्रमाणित गर्ने कम्पनीको भनाइ छ ।
बिवाइडीको ललितपुरका लागि आधिकारिक वितरकमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुल्चोकमा शोरुम सञ्चालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शोरुम उद्घाटन गर्नुभएको थियो । उक्त अत्याधुनिक शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बिवाइडी एट्टो ३ र भर्सटाइल बिवाइडी डल्फिनलगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सो अवसरमा नेशनल सेल्स हेड प्रकाश तुलाधरले भन्नुभयो, ‘ललितपुरमा यो नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौँ । यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधन प्रदर्शन गर्ने प्लेटफर्मका रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवद्र्धन गर्न एक हबका रूपमा समेत कार्य गर्छ ।’ पछिल्लो शोरुमसहित बिवाइडीका अब नेपालभर १२ शोरुम, नौ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच