गुन्द्रुक २५० रूपैयाँ किलो, आज कुन तरकारीको भाउ कति ? (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 18 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ५० र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३६, रातो भारतिय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३५, कागती १४०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३५, लौका ६०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ४०, चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८०, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

तरकारी तथा फलफुलको मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?