काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीको रैथाने बाली किन्ने भएको छ । कम्पनीको कर्णाली प्रादेशिक कार्यालयले १९ हजार चार सय ६४ मेट्रिकटन रैथाने बाली किन्ने भएको हो । जसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशबीच सम्झौता भएको छ । कर्णाली प्रदेशमा उत्पादित रैथाने बाली संकलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) स्थापना गर्नेसम्बन्धी मन्त्रालय र कम्पनीबीच शुक्रबार सम्झौता भएको हो । सम्झौतामा मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरे र कम्पनीका निमित्त प्रादेशिक प्रमुख माधव मिश्रले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार कम्पनीले कोदो आठ हजार छ सय ६०, कागुनो तीन सय ३८, चिनो छ सय ८७, जुनेलो दुई सय, फापर सात सय ६२, उवा छ सय १९, सिमी चार हजार चार सय ७० र मार्सी धान तीन हजार आठ सय ८६ गरी कुल १९ हजार चार सय ६४ मेट्रिकटन रैथाने बाली खरिद गर्नेछ ।
मन्त्रालयले मातहतका कार्यालयलाई वार्षिक कार्यक्रममार्फत् कृषकलाई रैथाने बाली उत्पादन तथा प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्न निर्देशन दिने, प्रदेशस्तरीय रैथाने बालीको प्रशोधन, लेबलिङ र प्याकेजिङका मेसिनरी उपकरण व्यवस्था गर्न बजेटको प्रबन्ध मिलाउने र उत्पादन परिमाण तथा कृषकको तथ्यांक उपलब्ध गराउनेलगायत कार्य गर्नेछ । व्यापार कम्पनीले आफ्नो वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा मिल सञ्चालनका लागि आवश्यक कच्चा पदार्थका रूपमा कर्णालीमा हुने रैथाने बाली नियमित तवरबाट स्थानीय तहसँग समन्वय गरी खरिद गर्ने, गुणस्तर मापदण्डअनुसार खाद्यान्न संकलन गरी प्याकेजिङ, लेबलिङ तथा कर्णाली प्रदेशको मूल्यवान लोगोसमेत उल्लेख गरी ब्राण्डिङलगायत कार्य गर्नुपर्नेछ । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई प्रांगारिक प्रदेश स्थापित गर्ने निर्णयअनुसार कृषि मन्त्रालयले ‘कर्णाली प्रदेश प्रांगारिक कृषि प्रवद्र्धन ऐन २०७६’ मार्फत आफ्नो नीति र कार्यक्रममा प्रांगारिक कृषि र रैथाने बाली प्रवद्र्धनमा सहयोग तथा सहजीकरण गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच