काठमाडौं । हाम्रो गलत खानपानका कारण माटोपनको समस्या बढ्ने गर्दछ ।
हामीले नचाहाएरै पनि स्वस्थ बानीको विकास गर्न सकेनौँ, खानपानमा ध्यान दिन सकेनौँ भने पनि मोटोपन र भुँडी बढ्ने समस्या हुने गर्दछ ।
शरीरका अन्य भागको बोसो घटाउन जति सजिलो हुन्छ त्यही नै गाह्रो पेटको बोसो घटाउन हुन्छ ।
यहाँ उल्लेखित पेय पदार्थ सेवन गर्नुभयो भने तपाईँले पेटको बोसो घटाउन सक्नुहुन्छ ।
ग्रीन टीलाई सबैभन्दा स्वास्थ्यकर चिया मानिन्छ । यसले शरीरबाट बोसो घटाउन सहयोग गर्छ । तपाईँले पेटको बोसो छिट्टै घटाउन चाहनुहुन्छ भने ग्रीन टीसँगै ब्ल्याक टी पनि सेवन गर्न सक्नुहुन्छ ।
कम्बुचा पनि एक प्रकारको ग्रीन टी र ब्ल्याक टी कै रूप हो । जसमा बोसो घटाउने गुण हुन्छ ।
एप्पल साइडर भिनेगरमा पनि धेरै मिनिरल्स हुन्छ जसले तौल घटाउन सहयोग गर्छ ।
कागतीमा फ्लेभोनोइड नाम तत्त्व हुन्छ । त्यसैले कागती पानी तौल घटाउन उपयोगी मानिन्छ ।
तौल कम गर्न तरकारीको जुसको पनि मद्दत लिन सकिन्छ । यसको सेवन गर्नाले धेरै रोगबाट बच्न सकिन्छ ।
साइलियम पानीबाट बनेको जुसको पनि सहयोग लिन सकिन्छ । यसले तपाईँलाई पाचन विकारबाट बचाउँछ । यसले तौल घटाउन पनि सहयोग गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच