बीपी प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन: तक्काल कार्यकारिणी समितिको बैठक राख्नूस्

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई तत्काल धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको छ ।

प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका उपकुलपति कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबार बोलाएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो ।

यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?