मकवानपुर । चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय एडुरोम सेवा सुरुवात गरिएको छ । उक्त सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरइएन) को प्राविधिक सहयोगमा सुरुवात गरिएको हो ।
यससँगै एडुरोममा जोडिएका संघसंस्थाका प्रतिनिधिहरू मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पुग्दा सुरक्षित इन्टरनेटमा सजिलै पहुँच पाउन सक्ने भएका छन् । राडिस सर्भरोमार्फत् प्रयोगकर्ताको प्रमाणीकरण गरिने हँुदा एडुरोम अन्य वाइफाइको तुलनामा अधिक सुरक्षित मानिने विश्वविद्यालयको दाबी छ । साथै अनुसन्धानकर्ता एडुरोममा आबद्ध देश तथा विदेशमा रहेको अर्को शैक्षिक तथा अनुसन्धान संस्था पुग्दा त्यहाँसमेत निःशुल्क इन्टरनेटमा जोडिन सक्ने बताइएको छ ।
विश्वविद्यालयका अनुसार एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धानसम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थी एक संस्थाबाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् । हाल एक सय १० भन्दा बढी देशका संघसंस्थामा एडुरोम सञ्चालनमा आइसकेको छ । एडुरोम अनुसन्धान र शैक्षिक संघसंस्थाका व्यक्तिलाई विश्वका अन्य संघसंस्थामा पुग्दा सहजै नेटवर्क पहुँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच