ह्युस्टन । अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्। ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा कम्तिमा पाँच जनालाई गोली लागेको थियो ।
ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एक जना पुरुष र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यसैगरी गोली लागेका अन्य दुई जना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान जारी छ ।
रासस/सिन्ह्वा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच