
राजविराज । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको छ।
सोमबार दिउँसो विश्वविद्यालय भवन शिलान्यास गर्ने क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्न बसेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो।
यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमतका नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवनै विरोधमा उत्रिनुभएको थियो। प्रमुख अतिथि रहनुभएका यादव कार्यक्रमस्थल पुग्दा उनीहरुले नाराबाजी र होहल्ला गरेका थिए ।
जनमत पार्टीका नेताहरू ‘सप्तरीका जनताको विरोधका बाबजुद गैरकानुनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं’ लेखेको व्यानरसहित स्वागतमा बसेका थिए।
प्रहरीको लाठीचार्जबाट शिक्षामन्त्री यादव, सतिश कुमार सिंह, भाग्यश्री चौधरी, रंजु खंग, ऋषिकेश ठाकुरलगायतका जनमतका नेता तथा कार्यकर्ता घाइते भएका छन् । जनमतको अवरोधबीच जसपा अध्यक्ष यादवले विश्वविद्यालय भवन शिलान्यास गर्नुभएको छ।
राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।
शिलान्यासमा सप्तरी २ बाट पराजित यादवलाई नै प्रमुख अतिथि बनाएको भन्दै जनमतले विरोध गरेको थियो । आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।
शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गर्नुभएको थियो । यता जनमत अध्यक्ष डा सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार समेत गर्नुभएको थियो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच