नेपालको वरीयता सुधार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ ओडिआई वरीयतामा एक स्थान सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । नेपालको सुधार हुँदा नेदरल्याण्ड दुई स्थान तल झर्दै १६औँ स्थानमा पुगेको छ । नेपालभन्दा पछि ओमान १५औँ, नेदरल्याण्ड्स १६औँ, अमेरिका १७औँ र नामिबिया १८औँ स्थानमा छन् ।

युएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् । नेपालभन्दा अघि जिम्बाबे १३ औँ, स्कटल्याण्ड १२औँ र आयरल्याण्ड ११औँ स्थानमा छन् । नेपालभन्दा अघि वरीयतामा एसोसिएट टोलीका रूपमा स्कटल्याण्डमात्रै छ । अष्टे«लिया शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्याण्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् । इंग्ल्याण्ड चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेस्टइण्डिज नवौँ र अफगानिस्तान दशौँ स्थानमा छन् । टी-२० आई विश्व वरीयतामा भने नेपाल १६औँ स्थानमा यथावत् छ ।

खेलाडीतर्फ ओडिआई वरीयतामा नेपालका कप्तान रोहित पौडेल ब्याटिङतर्फ एक स्थान खस्किँदै ५९औँ स्थानमा पुग्नुभएको छ । ओपनर आसिफ शेख एक स्थान सुधार गर्दै ६५औँ स्थानमा हुनुहुन्छ । पाकिस्तानका बाबर आजम शीर्षस्थानमा हुनुहुन्छ ।

त्यस्तै, बलिङतर्फ भने सन्दीप लामिछाने २२औँ स्थानमा यथावत् हुनुहुन्छ । ओडिआई वरीयतामा दीपेन्द्र ५३औँ स्थानमा यथावत् हुनुहुन्छ । सोमपाल कामीले एक स्थान सुधार गर्दै ६८औँ स्थानमा उक्लिनुभएको छ । करण केसी ९६औँ स्थानमा यथावत् हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?