सिटिजन्स बैंक र अपोलो हस्पिटलबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेजबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

अपोलो हस्पिटल्स इन्टरप्राइजेजका भारतका विभिन्न नौ स्थानमा रहेका हस्पिटलका नेटवर्कमा छुटको व्यवस्था लागू हुनेछ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेडका भाइस प्रेसिडेन्ट-इन्टरनेसनल बिजनेस डा. कात्र्तिक अनन्थरामनले हस्ताक्षर गर्नुभएको हो ।

सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरूसँगको यो दोस्रो सम्झौता हो । यसअघि बैंकले भारतस्थित मेदान्त-द मेडिसिटी अस्पतालसँग पनि सम्झौता गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?