इलाम गोल्डकप : एनआरटी सेमीफाइनल प्रवेश

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । न्युरोड टीम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई टाइब्रेकमार ४-३ गोल अन्तरले रोक्दै एनआरटीले सेमीफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित सयम र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयमा दुवै टिमका खेलाडीले पाएको केही अवसर सदुपयोग गर्न नसक्दा विजेता निर्धारण हुन टाइब्रेकरसम्म पर्खनुपरेको थियो ।

जितसँगै एनआरटीले बुधबार हुने पहिलो सेमीफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामसँगको भेट पक्का गरेको छ । रेडहर्षले पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४-० ले रोक्दै सेमीफाइनलको यात्रा तय गरेको थियो ।

खेलको म्यान अफ द म्याच उपविजेता बाग्मतीका आयुस राना मगर घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । मङ्गलबार अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लब र लुम्बिनी फुटबल क्लब बुटवलबीच प्रतिष्पर्धा हुनेछ ।

रेडहर्ष फुटबल क्बल इलामको आयोजनामा जारी गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

गोल्डकप फाइनल माघ १३ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?