‘आदिपुरुष’ को असफलतालाई भुलाउँदै सोनल

Read Time = 3 mins

एजेन्सी । चलचित्र ‘आदिपुरुष’ निकै धुमधामका साथ रिलिज भएको थियो । रिलिज हुनुअघि नै निकै माहौल बनाइएको थियो तर जुन १६ मा ओम राउतको चलचित्र रिलिज भएपछि सबैको अपेक्षा चकनाचुर भयो । चलचित्र यति धेरै विवादमा पर्‍यो कि बाहिर निस्कन गाह्रो भयो । चलचित्रमा काम गर्ने कलाकारका लागि पनि यो ग्रहण नै बनेको छ ।

चलचित्रमा प्रभास, कृति सेनन, साई अली खानसँगै सोनल चौहान पनि देखिनुभएको थियो । चलचित्रमा उहाँले रावणकी पत्नी ‘मन्दोदरी’ को भूमिका निभाउनुभएको थियो । सात सय करोडको बजेटमा बनेको यो चलचित्रले आफ्नो करियरलाई उकास्ने सोनलले सोच्नुभएको थियो तर सबै उल्टो भयो ।

चलचित्रको संवाद, कन्टेन्ट, भिएफएक्स सबैको चर्को आलोचना भएको थियो । चलचित्रलाई लिएर यति धेरै विवाद भयो कि निर्देशक ओम राउत भूमिगत हुनुभयो । योसँगै चलचित्रका मुख्य अभिनेता प्रभासको पनि करिअरमा धक्का लाग्यो । यो चलचित्रले ‘बाहुबली’ पछि सफलताको चाहना राख्नुभएका अभिनेताको करिअरमा थप क्षति पुर्‍यायो । योसँगै कृति सेनन र सैफ अली खानलाई पनि फ्लपको कलंक लागेको छ ।

सोनल चौहानले चलचित्रका लागि धेरै समय दिनुभएको थियो । तर, चलचित्र फ्लप भएपछि उहाँलाई विशेष समस्या भयो । सोनलले अहिलेसम्म कुनै नयाँ प्रोजेक्ट सुरु गर्नुभएको छैन । उहाँ हाल माल्दिभ्समा आराम गरिरहनुभएको छ ता कि उहाँले यो असफलतालाई बिर्सन र नयाँ करिअर सुरु गर्न सकूँ । ‘आदिपुरुष’ अघि सोनल २०२२ मा दुई तेलुगु चलचित्रमा देखिनुभएको थियो ।

सोनलले माल्दिभ्सको छुट्टीका धेरै तस्वीरहरू सोसल प्लेटफर्ममा सेयर गर्नुभएको छ । सोनलको छुट्टी मनाउने तस्वीरलाई फ्यानहरूले निकै मन पराइरहेका छन् । हार्ट र फायर इमोजीमार्फत् फ्यानहरूले उहाँका तस्वीरलाई लाइक गरिरहेका छन् । १६ मे १९८५ मा जन्मिनुभएकी ३६ वर्षीया सोनल माल्दिभ्समा खानाको पनि रमाइलो गरिरहेको देखिन्छ ।

सोनलले आफ्नो करिअर इमरान हाशमीबाट सुरु गर्नुभएको थियो । सोनल सन् २००८ मा चलचित्र ‘जन्नत’ मा देखिनुभएको थियो । उहाँको क्यारेक्टरलाई निकै मन पराइएको थियो । सोही वर्ष उहाँ तेलुगु चलचित्र ‘रेनबो’मा पनि देखिनुभएको थियो । सोनलले बलिउडसँगै साउथ सिनेमामा पनि काम गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?