समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक छ : अर्थमन्त्री डा. महत

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

ललितपुर । अर्थमन्त्री डा.प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नयाँ-नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताउनु भयो ।

उहाँले नयाँ प्रविधिअनुसार श्रमिकहरुको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता बढ्ने बताउनु भयो । उहाँले उद्योगहरुमा उत्पादन वृद्धि भए मात्रै उद्योग व्यवसायको लागत कम हुने दाबी गर्नुभयो । उहाँले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरु महँगो हुने गरेको बताउनु भयो । उत्पादन वृद्धिको लागि नेपाली उद्योग व्यवसायले पनि नयाँ प्रविधिहरुको प्रयोग गर्नुपर्ने जरुरी रहेको अर्थमन्त्री महतको भनाई छ ।

उहाँले ट्रेड युनियनहरुको नेतृत्वमा श्रमिकहरुको सीप विकास गरी क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिकहरुको सीप विकास र क्षमता वृद्धि भएमात्रै प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री डा. महतले उत्पादन वृद्धि भएर उद्योगको लागत कम भए श्रमिकहरुको पनि तलवमान वृद्धि हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली श्रमिकहरुलाई समय अनकुल नयाँ-नयाँ प्रविधि सापेक्ष अनरुपमा सिप विकास गराउन आवश्यक छ । नयाँ प्रविधि अनुसार श्रमिकहरुको सीप विकास भएमात्रै उत्पादन क्षमता बढ्छ । आयातको लागत घट्छ । भूपरिवेष्ठित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरु महँगो हुने गरेको छ । लागत कम गर्ने कुरामा सबैले आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्छ । उद्योग व्यवसायले पनि नयाँ प्रविधिहरुको प्रयोग गर्नुपर्छ । श्रमिकहरुलाई ट्रेड युनियनहरुको नेतृत्वमा श्रमिकहरुलाई सिप विकासको क्षमता बढाउन सहभागिता गराउनुपर्छ । श्रमिकहरुको सीप विकास र क्षमता वृद्धि हुँदा प्रतिव्यक्ति आयमा समेत वृद्धि हुन्छ । प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने बित्तिकै लागत कम हुन्छ । नेपालमा राम्रो नाफा गर्ने कम्पनीहरुले श्रमिकहरुलाई दिने सेवा सुविधामा कन्जुसाई पर्ने प्रचलन छ । अन्तर्राष्ट्रिय स्तरको श्रमिक बनाउन प्रतिवद्धता गर्न नेपाल अगाडि नै छ । कुनै देश भन्दा कमी छैन । नेपालको अर्थतन्त्रमा देखिएका सबै खालका समस्याहरु विस्तारै हल हुँदै गएका छन् । श्रमिक र उद्योग व्यवसायको सुमधुर सम्बन्ध हुनुपर्छ । व्यवस्थापन र श्रमिकले निरन्तर अन्तरक्रियामार्फत बुझ्नुपर्छ । सरकारी काममा अनुशासन कायम गर्ने काममा लागेका छौं ।’

उहाँले नेपालमा राम्रो नाफा गर्ने कम्पनीहरुले श्रमिकहरुलाई दिने सेवा सुविधामा कन्जुस्याँई पर्ने प्रचलन रहेको जिकिर गर्नुभयो । श्रमिक र उद्योग व्यवसायको सुमधुर सम्बन्ध हुनुपर्ने भन्दै व्यवस्थापन र श्रमिक दुवैले एक अर्कालाई बुझ्नु जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमा देखिएका सबै खालका समस्याहरु बिस्तारै हल हुँदै गएको स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?